परिचय

सुख्खा फलफुल उत्पादन केन्द्र सतबाझ बैतडी

वि.सं. २०५० सालमा स्थापित शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उदेश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भएको थियो। यसरी प्राथमिक शिक्षकहरुलाई तालिम दिदै आइरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई वि.सं. २०६१ सालमा नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र–क बनाइयो । वि.सं. २०६१ सालमै साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २०– शैक्षिक तालिम केन्द्र–ख तथा ५–उपकेन्द्रका रुपमा पुर्नस्थापित गर्यो । वि.सं. २०७५ मा देश संघीय संरचनामा जाँदै गर्दा देशभर रहेका ९ वटा क शैक्षिक तालिम केन्द्रहरू र २० वटा ख शैक्षिक तालिम केन्द्रहरू मध्ये २ वटा क शैक्षिक तालिम केन्द्र र २० वटा ख शैक्षिक तालिम केन्द्रहरूलाई खारेज गरि ७ प्रदेशमा ७ वटा प्रदेश स्तरीय शिक्षा तालिम केन्द्र कायम गरियो